Home फिचर विमान दुर्घटनामा ४९ को मृत्यु २२ घाइते..

विमान दुर्घटनामा ४९ को मृत्यु २२ घाइते..

49
0
SHARE
a+unf ljdfg b'3{6gf a+unfb]zaf6 sf7df8f}F cfPsf] o'P; a+unf ljdfg ;f]daf/ lbpF;f] !$M@) ah] lqe'jg cGt/f{l{i6«o ljdfg:yndf cjt/0fsf qmddf b'3{6gfdf k/L cfunfuL ePkl5 ofq'x?sf] p4f/sf] k|of; x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा सोमबार अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको नेपाली प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४० जनाको शव फेला परेको थियाे भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार कार्य भइरहेको छ ।

साभार : रातोपाटी

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here