Home प्रविधि मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

69
0
SHARE

यामराज बिष्ट मलेसिया , राेजगारीकाे सिलसिलामा मलेसियाअाएका एक नेपाली युवाको मृत्यु भएको छ। सिन्धुपाल्चोक पिपलचौतारा घर भएका प्रकाश घलेको आइतबार बिहान मृत्यु भएको हाे।साझ खाना खाएर सुतेका उनी उनका साथीहरूले उठाउन जादा बिहान उठन नसकेपछि प्रकाशलाई अस्पताल लगिएको थियो।ओछ्यानबाट उठ्न नसकेका प्रकाशकाे शरीरको एक भाग नचल्ने भएकाे थियाे ।

उनी मलेसियाकाे जाेहारमा रहेको BRC स्टिल कम्पनी कार्यरत थिए।उनकाे तीन वर्षे करार अवधि सकिन करिब एक महिना मात्रै बाँकी थियो । खाना खाएर सुतेका उनी बिहान अचेत अवस्थामा देखेपछि सगै कम्पनीमा कार्यरत साथीहरू ले उनलाई अस्पताल पुर्याएका थिए। उच्च रक्तचापका कारण मृत्यु भएको अनुमान गरिएको मात्रिका धिमालले जानकारी दिए।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here