Home गीत भुपु मायालुले छाडेर गए पछि यसरी शुभकामना दिदै छन लोकदोहोरि गायक मोहन...

भुपु मायालुले छाडेर गए पछि यसरी शुभकामना दिदै छन लोकदोहोरि गायक मोहन घर्ती मगरले..

475
0
SHARE

रेडियो नवीन सञ्चार / जेठ २९

“मरि गए मेरा त रहर।
बढोस् तिम्रो हासोको लहर।
अटल रहुन तिम्रा भावना
मलाई छाडी गएनी, पराइ तिमी भएनी।
यहि छ मेरो तिमिलाइ सुभकामना।
लाखौ लाख तिमिलाइ सुभकामना। ”

यी गीतका हरफहरु छिट्टै रेकर्डिङ भएर बजारमा आउदै छ। लोक गीतको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल लोक दोहोरी गायक मोहन घर्ती मगरले फेरि यो अर्को नया गीत लिएर आउदै छन। गीतमा सपना श्रेष्ठको शब्द र लय बिजयकुमार बिकको रहेको छ भने स्वर मोहन घर्ति मगर र पुर्णकला बिसीको रहेको छ।

गीतमा मिलन बिछोडका बियोगी भावनाहरु समेटिएको छन। गीतले माया गरेर धोका दिने अहिलेका युवा युवतिहरु सबैको मन जिट्न सकिने सम्भावना निकै देखिएको छ। गीतको भाव गायक स्वयंलाई गाउदा अत्यन्तै सजिलो लागेको र आफ्नो जीवन सङ्ग मेल पनि खाएकोले आफुलाइ अत्यन्तै मन परेको हुदा बिगतमा आफ्नै मायालुले छोडेर गए पछि अहिले यो गित बाट लाखौ लाख शुभकामना दिदैछन। डियस मिडियाको बजार ब्यवस्थापन र उत्पादक तथा वितरणमा गीत बजारमा आउन लागेको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here