Home समाचार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीद्वारा “दिल बहादुर बचाउ अभियान “मा ९ लाख...

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीद्वारा “दिल बहादुर बचाउ अभियान “मा ९ लाख ३२ हजार ४ सय ५२ रुपैया संकलन ।।

406
0
SHARE

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदिले दिल बहादुर घर्ती बचाउ अभियानमा संकलन गरेको ९ लाख ३२ हजार ४ सय ५२ रकम यहि असार २२ गते शुक्रबारका दिन साउदी अरबको दमाम स्थित रोज होटेलमा एक कार्यक्रम गरि सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले रकम सार्वजनिक सङ्गै २०७५ असार २३ गते देखि लागु हुने गरि “दिल बहादुर बचाउ अभियान” बन्द गरेको छ । कसैले उक्त ब्यक्तीको नाममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको नाम लिइ रकम संकलन गर्न र नगराउन सबैमा अनुरोध गरेको छ। सङ्कलित रकम छिटै नेपाल पठाउने तयारी रहेको समेत समाजका अध्यक्ष नरेन्द्र घर्तिले जानकारी दिएका छन।

साउदी अरब पुर्बी एरियाका राजदुत माननीय हरि घिमिरेको प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मा मगर संघ साउदीका अध्यक्ष युवराज पुन त्यसै गरि अतिथीहरुमा तनुधी समाजका केन्द्रिय अध्यक्ष तुलसी गुरुङ , नेपाली प्रवासी मञ्च साउदीका अध्यक्ष कमल खरेल ,एन.ए मिडियाका सम्पादक श्री कृष्ण श्रेष्ठ ,तमुधि प्रवास साखाका अध्यक्ष खेम गुरुङ ,नेपाली साझा मञ्चका अध्यक्ष कृष्ण पुरी ,प्रवासी संघ युवा मंचका अध्यक्ष बिजय लामा , काभ्रे सेवा समाजका महासचिव सुमेस त्रिपाठी ,जनप्रगतिसिल मञ्चका शोभान पुनको उपस्थिति रहेको थियो। साथै रोल्पालि गैररोल्पाली गरि बाक्लो उपस्थिति भएको थियो।

रोल्पा जिल्ला थबाङका दिल बहादुर घर्तीमगर बचाउ अभियानमा संकलित रकम सार्बजनिक कार्यक्रमम बोल्दै मगर संघका अध्यक्ष युबराज पुनमगरले मगर संघ साउदीले पनि कुमार राना र दिल बहदुर घर्ती बचाउ अभियान चलाइरहेको र जम्मा रकमको आधा रकम दिल बहादुर घर्तीलाइ हस्तान्तरण गर्ने बताउनु भयो। फ्रेन्डस अफ नेपालका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले पहिले केही संघसंगठनले यस्ता अभियान चलायर उठेको रकम पीडित सम्म नपुर्‍याएको र अन्तर्राष्ट्रिय रोल्पा समाजले उदाहरणिय काम गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो। संघीय लिम्बुवान मन्चका केन्द्रिय सदस्य समाजसेवि तथा व्यवसायी श्रीयाबा लिम्बुले पीडितको पक्षमा राम्रो काम गरेको भन्दै ५०० साउदी रियल सहयोग गर्नु भयको थियो। जिफन्ट सहयोग समुह शाखा साउदीका संयोजक राज तामाङ्ले प्रेम राई बचाउ अभियान सफल्ता पुर्बक सम्पन्न गरेको जनाउदै जिफन्ट सधै श्रमिक र पीडितको पक्षमा उभिने भन्दै कुमार रानामगर र दिल बहदुर घर्तीमगरको लागि नेपाली १ लाख सहयोग गर्ने बताउनु भयो । यसैगरि नेपाली साझा मन्चका कृष्ण पुरी, प्रबासी नेपाली युवा मन्चका बिजय लामा, त मु धि का अध्यक्ष खेम गुरुङ, प्रगतिशील मंचका सुमन पुन, प्रबासी मन्चका कमल खरेल लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो।

 

स्थापना कालको ४ महिना पूरा नहुदै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सङ्कलन गरेको ९ लाख ३२ हजार ४ सय ५२ नेपाली रुपैयाँ गरि दिल बहदुर बचाउ अभियान मुल समितीमा हाल सम्म ५४ लाख जम्मा भयको जनायको छ । समाजले सुरुवात मै उत्कृष्ट काम गरेको छ आफ्नो छोटो समय मै यो सफल र ऐतिहासिक कार्य गरेको सबैले महसुस गरे भने रोल्पालीहरुको प्रबास साउदीमा पहुच निकै बलियो मान्न सकिन्छ।

यदि जम्मा चाहिने रकम भन्दा बढी भयको खण्डमा त्यो रकम आफ्नै कोषमा राख्नु हुन्छ कि के गर्नु हुन्छ ? भन्ने हाम्रो प्रश्नमा कार्यक्रमका सभापतिले बढी भयको रकम अर्का पिडित कुमार राना उद्दारमा सहयोग गर्ने बताउनु भयो।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदी का राजन खड्काको सभापतित्व रहेको कार्यक्रमको सन्चालन समाजका महासचिव चन्द्र प्रकाश पुनले गरेका थिए। दिउँसो एक बजेबाट सुरु भएको कार्यक्रम साझ पाँच बजे समापन गरिएको थियो। नेपाली र्राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा सस्थाका कोषअध्यक्ष भिम बुढामगरले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष सन्दीप थापा र केन्द्रिय महासचिवले सयुक्त रुपमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले २०७५/३/२२ शुक्रबारका दिन दिल बहादुर घर्ती बचाउ अभियान समापन तथा पत्रकार सम्मेलन कार्यक्रममा उपस्थिति संघ सस्थाका पदाधिकारी,सामाजिक अभियान्ता वा समाजसेवी ,पत्रकार लगायत सम्पुर्ण रोल्पाली तथा गैररोल्पालीहरु सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै उक्त सस्था निर्माणको लागि र दिल बहादुर बचाउ अभियानमा अहोरात्र खट्नुहुने सम्पुर्ण रोल्पाली मनहरु अनि अमुल्य पसिनाको केही हिस्सा छुटाइ हाम्रो अभियानमा सहभागी भइ आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली परोपकारी मनहरु प्रती भोलिका दिनहरुमा पनि यस्तै सहयोग सद्भाव राख्नु हुने छ भन्ने आश लिदै सन्देश मार्फत हार्दिक धन्यवाद ब्यक्त व्यक्त गर्नु भएको छ। अन्तर्राष्ट्रिय रोल्पाली सेवाले भोलिका दिनहरुमा रोल्पा र रोल्पालिको हितमा मात्र नभइ सिङ्गो देश र जनताको लागि काम गर्ने र यश कार्यमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको महत्त्वपूर्ण भुमिका रहने छ भन्दै देश बिदेशमा छरिएर रहेका रोल्पालीहरु एक हुँदै समृद्धि रोल्पा निर्माण अभियानमा लाग्न सन्देश मार्फत अपिल गर्नु भएको छ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here