Home समाचार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीद्वारा गायिका कला राइलाइ आर्थिक सहयोग ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीद्वारा गायिका कला राइलाइ आर्थिक सहयोग ।

463
0
SHARE

 

प्रबासमा रहेका रोल्पालीहरुले स्थापना गरेको संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले गायिका कला राइको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

स्थाइ ठेगाना भोजपुर भइ हाल चितवन निबासी गायिका राइको बायाँ खुट्टामा क्यान्सर भएर खुट्टा काट्नुपर्ने अवस्था आएको र थप उपचारका लागि आर्थिक समस्या भएकाले संस्थाले नेपाली रु २२,९१० ( बाईस हजार नौ सय दश ) सहयोग गरेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका कोषाध्यक्ष भिम मगरले जानकारी दिनुभएको छ ।

संस्थाले आफ्नो जिल्ला मात्र नभइ पीडित नेपालीको सहयोगमामा हातेमालो गर्ने उदेश्यले यो पहल कदमी अगाडि बढाएको र आगामी दिनहरुमा समेत सहयोग कार्यमा संस्था लागिपर्ने बताउनुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here