Home समाचार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको रियाद र दमाम क्षेत्रीय समिती गठन ।।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको रियाद र दमाम क्षेत्रीय समिती गठन ।।

589
0
SHARE

 

२०७५ भाद्र ८ गते अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको रियाद र दमाम क्षेत्रीय समिती गठन गरिएको छ। “मातृभुमिका लागि बिश्वभरका रोल्पालिहरु गोलबन्द हौऔ” भन्ने मुलनाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा साउदिले टेगेन्द्र राना (छितिज)को अध्यक्षतामा ९ सदस्यीय रियाद छेत्रीय समिति र प्रेम पुन मगर संयोजक रहने गरि चक्र पुनमगरको अध्यक्षतामा २२ सदस्यीय दमाम अलखोबर छेत्रीय समिती गठन गरेको छ।

रोजगारीको सिलसिलामा रोल्पा जिल्लाबाट साउदीमा आइ साउदीको विभिन्न ठाँउमा छरिएर रहेका सम्पूर्ण रोल्पालीहरुलाइ गोलबन्द गर्दै समस्यामा परेका नेपालिहरुको सहयोगर्था हातेमालो गर्न र रोल्पा जिल्लाको आर्थिक ,भौतिक , स्वास्थ , शिक्षा क्षेत्रलाइ स्थानीय सरकार संग हातेमालो गरि यी क्षेत्रहरुलाइ मजबुत बनाउन,साउदीको कुना कुनामा रहेका रोल्पालिहरुलाइ सस्थामा आवद्ध गर्दै समस्यामा परेका रोल्पालिहरुको समस्या पहिचान गरि समस्याको समाधान गर्ने हेतुले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदिले क्षेत्रीय समिती गठन प्रक्रिया अगाडि बढाएको हो।यसै क्रममा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका महासचिव चन्द्र प्रकाश पुनको उपस्थितिमा रियाद छेत्रीय कमिटी र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका कोषाध्यक्ष भिम बुढामगर, सल्लाहकारहरु रमेश बुढामगर, दिपक थापा र रुकमान रामजाली लगायत अन्य सदस्यहरुको उपस्थितमा दमाम अलखोबर क्षेत्रीय कमिटी गठन गरिएको छ।

रियाद क्षेत्रीय कमिटीको कार्यसमितीहरुमा अध्यक्ष टेगेन्द्र राना (छितिज), उपाध्यक्ष जय प्रकाश रोका ,महासचिव पोषण केसि , सह-सचीव तिलक बिक , कोषअध्यक्ष आयुस राना , सह- कोषअध्यक्ष लाल बहादुर घर्ती चयन हुनु भएको छ । त्यसै गरि सल्लाहकारमा चन्द्र प्रकाश पुन , राजन खड्का र दिपक बिसि त्यसै गरि सदस्यहरुमा मान बहादुर घर्ती र चोप बहादुर केसि चयन हुनु भएको छ। नवगठित क्षेत्रीय कमिटी पदाधिकारीहरुलाइ अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव चन्द्र प्रकाश पुनले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै अब रोल्पालिहर बिकेन्द्रित हैन केन्द्रित भएर रोल्पा र रोल्पालिको लागि सामाजिक सस्थामा केन्द्रित भइ समृध रोल्पा निर्माण अभियानमा आवद्ध हुन अपिल गर्नुभएको थियो ।

दमाम अलखोबर क्षेत्रीय कमिटीको कार्यसमितिहरुमा संयोजक प्रेम पुन मगर, अध्यक्ष चक्र पुनमगर , वरिष्ठ उपाध्यक्ष धन बहादुर झाक्री ,उपाध्यक्ष विशाल रोका, महासचिव हरि बहादुर खत्री , सचीव सेर बहादुर घर्ती मगर (सुनामी), कोषअध्यक्ष सुनिल बुढामगर ,सह-कोषअध्यक्ष दीपेन्द्र घर्तीमगर,प्रवत्ता बेद बुढामगर चयन हुनु भएको छ । त्यसै गरि प्रमुख सल्लाहकारमा चुन बहादुर बुढामगर र सल्लाहकारमा केसब बुढामगर चयन हुनु भएको छ। त्यसैगरि सदस्यहरुमा केसर पुनमगर, दिपक राज परियार , टेकम घर्तीमगर , प्रकाश खड्का , सेसम पुनमगर ,नवीन पुनमगर ,लालबिर घर्तिमगर , मनोज पुनमगर, जङ्ग बहादुर पुनमगर, मनिराम वलि, केसब बुढामगर चयन हुनु भएको छ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका सल्लाहकार रमेश बुढागरले नवगठित दमाम अलखोबर पदाधिकारीहरुलाइ बधाई तथा सफल कार्यकालको शभकामना दिदै सस्थाको बारेमा स्पष्ट पारी दिनु भएको थियो।यसैगरी सस्थाका कोषअध्यक्ष भिम बुढामगर , प्रमुख सल्लाहकारहरु दिपक थापा र रुकमान रामजलीले पनि बधाई तथा शुभकामना दिनु हुँदै आ-आफ्नो धारणा राख्नु भएको थियो।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका अध्यक्ष नरेन्द्र घर्तिले दुबै क्षेत्रीय कमिटीका पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना सन्देश पठाइ खुशी व्यक्त गर्नु भएको छ। त्यसै गरि अध्यक्षले सम्पूर्ण सस्थामा आबद्ध रोल्पालीहरुलाइ रोल्पाली खोज अभियानमा लाग्न र सस्थामा आबद्ध गर्न सबैमा अपिल गर्नु भएको छ। साथै अध्यक्षले सस्थाका महासचिव चन्द्र प्रकाश पुन, कोषाध्यक्ष भिम बुढामगर, प्रमुख सल्लाहकारहरु रमेश बुढामगर, दिपक थापा र रुकमान रामजलिलाइ धन्यवाद व्यक्त गर्दै क्षेत्रीय कमिटीलाइ मजबुत बनाउन अझै तपाईंहरुको भुमिका महत्त्वपूर्ण हुनेछ भनी बिश्वास ब्यक्त गर्नु भएको छ ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here