Home समाचार अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको जुबेल क्षेत्रीय समिति गठन ।।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीको जुबेल क्षेत्रीय समिति गठन ।।

494
0
SHARE

 

भदौ १५,साउदी अरेबिया । शुक्रबार साउदीको जुबेलमा साउदीमा कार्यरत रोल्पालिहरुको भेलाले जुबेल क्षेत्रीय समिति गठन गरेको छ।

“मातृभुमिका लागि बिश्वभरका रोल्पालिहरु गोलबन्द हौऔ” भन्ने मुल नाराका साथ स्थापित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले रोल्पा जिल्लाबाट रोजगारीको सिलसिलामा साउदीमा आइ साउदीको विभिन्न क्षेत्रमा छरिएर रहेका रोल्पालिहरुलाइ गौरवशाली साझा सस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा आवद्ध गर्दै क्षेत्रीय समिति गठन गरेको सस्थाका प्रमुख सल्लाहकार रमेश बुढामगरले बताउनुभयो ।

 

गत हप्ता रियाद र दमाम क्षेत्रीय समिति गठन भइ सकेको र अन्य बाकी क्षेत्रमा पनि समिति गठन प्रक्रिया अघि बढेको सस्थाका कोषाध्यक्ष भिम बुढामगरले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका कोषाध्यक्ष भिम बुढामगर, सह-कोषअध्यक्ष रमेश घर्तिमगर,प्रमुख सल्लाहकारहरु रमेश बुढामगर,दिपक थापा र रुकमान रामजालिको उपस्थितमा रमेश घर्तीमगर संयोजक रहने गरि हाल १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ । र आवस्यकता अनुसार पछि थप गर्ने जनाएको छ।

क्षेत्रीय समिति जुबेलमा संयोजक रमेश कुमार घर्तिमगर, अध्यक्ष सुन्दर रोकामगर, महासचिव रेग बहादुर बुढाथोकी ,सचिव ओम प्रकाश घर्ती, सह सचीव कमल राज पुन, वरिष्ठ उपाध्यक्ष जय बहादुर घर्ती, उपाध्यक्ष मनराज परियार , र कोषअध्यक्ष रेग बहादुर घर्ती मनोनयन हुनुभएको छ । साथै प्रमुख सल्लाहकारमा मान सिंह घर्ती, कृष्ण बहादुर बुढाथोकी र सल्लाहकारमा लिला बहादुर बाठा मनोनयन हुनु भएको छ। साथै सदस्यहरुमा सत्यराज घर्ती , गगाराम पुनमगर ,पदम थापा क्षेत्री , नर बहादुर रोका र अमरबहादुर बुढामगर चयन हुनु भएको छ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदका कोषाध्यक्ष भिम बुढामगर, सह कोषअध्यक्ष रमेश कुमार घर्तीमगर प्रमुख सल्लाहकारहरु रमेश बुढामगर ,दिपक थापा र रुकमान रामजालिले नबगठित क्षेत्रीय समितिका पदाधिकारीहरुलाइ बधाई दिदै सम्पूर्ण उपस्थिति रोल्पालीहरुलाइ सस्थाको उद्देश्य,भिजन , नयाँ रणनीति र सस्थाले अहिले सम्म गरेका सामाजिक कार्यको बारेमा स्पष्ट पार्नु भएको थियो। साथै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीका अध्यक्ष नरेन्द्र घर्ती र समाज का महासचिब चन्द्र प्रकाश पुनले जुबेल क्षेत्रीय समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना सन्देश संयुक्तमा दिदै रोल्पा र रोल्पालिको लागि अब रोल्पाली एकजुट हुनुको अर्को विकल्प नरहेको जानकारी दिनु भयो । साथै जहाँ रोल्पाली त्यहा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज हुन्छ अन्य बाकी क्षेत्रमा पनि कमिटी गठन प्रक्रियामा रहेको जानकारी गर्दै आ-आफ्नो सम्पर्कमा हुनु भएका रोल्पालिहरुलाइ सस्थामा आबद्ध हुन सबै कमिटीलाई आह्वान गर्नु भएको छ ।।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here