Home समाचार देउखुरिको रिहार-कोलतारा सडक ४ बर्षमा पिच हुने लमहि नगर प्रमुख के.सि काे...

देउखुरिको रिहार-कोलतारा सडक ४ बर्षमा पिच हुने लमहि नगर प्रमुख के.सि काे प्रतिबद्दता

41
0
SHARE

टेक बहादुर पुन
भाद्र २९,लमहि । लमहि नगर प्रमुख कुल बहादुर केसिले देउखुरिको चर्चित धार्मिक स्थल रिहारदेखि लमहि नगरपालिका ९ भित्र भ्युसनपुर गाउँसम्म जोड्ने करिब ७ किलोमिटर बाटो अागामि ४ बर्ष भित्रमा पिच हुने प्रतिबद्वता जनाउनु भएको छ ।
अाज बाल दिबशको अबसरमा श्री प्राथमिक बिद्यालय लमहि नगरपालिका ९ भ्युसनपुर कोलताराले अायोजना गरेको स्कुल सामाग्री तथा छात्रबृत्ती बितरण कार्यक्रमको प्रमुख अतिथिको अाशनबाट बोल्दै नगर प्रमुख केसिले यहाँ सम्म अाउँदा निकै अप्ठ्यारा बाटाहरुको सामना गर्नुपरेको भन्दै त्यहाँका स्थानिय सँग अागामी ४ बर्षभित्रमा रिहार-भ्युसनपुर जोड्ने बाटोलाई पक्कि सडकमा रुपान्त्रण गर्ने अाश्वासन दिनुभएको हो ।
लमहि नगरपालिका अन्तर्गतका अति बिकट क्षत्र मध्य भ्युसनपुर कोलतारा लाई पनि बिकट क्षत्र भनेर चिनिने गरिन्छ ।कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बिद्यार्थीलाई स्कुलको भरमा मात्र नभई घरमा पनि सिकाईको वातावरण निर्माण गर्नुपर्ने बताएका थिए ।

सोही अबसरमा कर्मठ महिला उद्दमि सहकारी सँस्था रिहार र हेफर ईन्टरनेश्नलको सँयुक्त अार्थिक सहयोगमा करिब १ दर्जन विद्यार्थी भाइ बहिनिलाई छात्रबृति बितरण गरिएको थियो भने लमहि नगरपालिका वडा ९ को कार्यालयको अार्थिक सहयोगमा कक्षामा अाबश्यक सामाग्री, सेनेटरि प्याड, बच्चाका खेलौनाहरु लगायतका सामाग्री बिद्यालयलाई हस्तान्त्रण गरिएको थियो । त्यस्तै स्थानिय देबिमाया थापाले अाफ्नो स्वर्गिय श्रीमानको सम्झनामा बिद्यालयलाई २ थान राष्ट्रिय झण्डा हस्तान्त्रण गर्नुभएको थियो । अहिले प्राबि भ्युसनपुरमा ११५ जना बालबालिका अध्यनरत छन् ।
प्राबि भ्युसनपुर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुर्णप्रकाश बिश्वकर्माको शभापतित्व एबम लमहि नगरपालिकाका मेयर कुलबहादुर केसिको प्रमुख अाथित्यता तथा लमहि नगरपालिका वडा ९ का वडा अध्यक्ष भेष बहादुर केसिको विशिष्ट अातिथ्यतामा सम्पन्न कार्यक्रममा लमहि नपा ९ का वडा सदश्य पार्बति बिक, खिम बहादुर योगि, कर्मठ महिला उद्दमी सहकारि सँस्था रिहारका अध्यक्ष देबिमाया थापा, बगारबाबा माबि रिहारका प्रधानाध्यापक श्याम चौधरी, माबी शिक्टाका शिक्षक यम बहादुर बस्नेत, पत्रकार किरण शाह लगायतका बक्ताले अा- अाफ्नो भनाई राख्नु भएको थियो ।
शिक्षिका राधा सिँहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सँचालन प्राबी भ्युसनपुरका प्रधानाध्यापक अोम प्रकाश बस्नेतले गर्नुभएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here