Home फिचर हलिउड चलचित्रको छायाँकन स्थलमा खिचिदै नेपाली ‘लिलिबिली’

हलिउड चलचित्रको छायाँकन स्थलमा खिचिदै नेपाली ‘लिलिबिली’

139
0
SHARE

काठमाडौं – पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ यतिबेला टर्कीको स्टनबुलमा छायाँकन भइरहेको छ । हलिउड चलचित्रको छायाँकन हुँदै आएको यो ठाउँको छायाँकनमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्टीक दृश्यहरु दिइरहेका छन् ।

३० चैत्र प्रदर्शन मिती तय गरिएको चलचित्रका हरेक पक्ष हलिउड स्टाइलको बनाउन टर्कीको स्टनबुलमा छायाँकन गरिएको निर्माता गोबिन्द शाहीले जानकारी दिए । अहिले बनिरहेको चलचित्रभन्दा ‘लिलिबिली’ क्वालिटिको हिसावले धेरै माथी हुने शाहीले दाबी गरे ।

चलचित्रमा प्रदीप र जसिताको अलवा प्रियङ्का कार्की, अनुपविक्रम शाही लगायतले समेत मुख्य भुमिका रहनेछ ।  युकेकै रमणिय स्थलको छायाँकन पछि चलचित्र युनिट टर्की तिर लागेको हो । चलचित्रको छायाँकन अहिले अन्तिम अन्तिम तिर पुगेको गोबिन्द शाहीले बताए ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र निर्माणमा गोबिन्दसँग सूदीप खड्का र निर्देशक चाम्सलेकै लगानी रहेको छ ।
साभारःरातोपाटी

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here