Home फिचर राेल्पाकाे सदरमुकाम लिबाङमा अाज सरसफाइ कार्यक्रम सम्पन्न

राेल्पाकाे सदरमुकाम लिबाङमा अाज सरसफाइ कार्यक्रम सम्पन्न

76
0
SHARE

राेल्पा। नेपालमा अहिले विभिन्न ठाउँमा सरफाईका कार्यक्रम हरु चलिरहेका छन। सरसफाइ गर्नु राम्रो काम हाे।यस्तै सरसफाइ कार्यलाई निरन्तर दिने क्रममा राेल्पाको सदरमुकाम लिबाङमा रहेका सात्ताले बजार मा शनिबार सरसफाइ गरियकाे छ। हरेक महिनाको पहिलो र अन्तिम शनिबार रोल्पा नगरपालिकाको आयोजना र विभिन्न संघसंस्थाहरुको सहकार्य मा सरसफाइ हुने भनिएकाे थियाे।

अाज सामुदायिक सेवा केन्द्र लिबाङ, रोल्पाको सहकार्यमा रोल्पा नगरपालिकाले सरसफाई अभियान सात्तालेमा सम्पन्न गरेको हो । सरसफाई कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी जवानहरु, वडा नं. २ का वडाअध्यक्ष खिमबहादुर घर्ती, सामुदायिक सेवा केन्द्र रोल्पाका अध्यक्ष निमबहादुर सिंह लगायत स्थानीय र बजारबासीको सहभागीतामा सरसफाई अभियान समापन गरिएकाे हाे । उक्त कार्यक्रम मा रोल्पा नगरपालिकाका मेयर पुर्ण के.सी. यो अभियान निरन्तर जारी रहेको बताउनुभयो । नगरलाई सफा सुघर बनाउनुका साथै स्थानीयको सक्रियता बनाई राख्न अभियानको थालनी गरिएको नगरपालिकाले बताएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here