Home प्रविधि (गजल) दिन त त्यसै कट्छ रात कटाउन गाह्रो

(गजल) दिन त त्यसै कट्छ रात कटाउन गाह्रो

49
0
SHARE

(गजल )

दिन त त्यसै कट्छ रात कटाउन गाह्रो
कति छ यो दिलमा चोट बताउन गाह्रो

मुहारले त भन्छ नी सधै सधै हासिरहु
तर रिसाएको दिललाई हसाउन गाह्रो

प्रीतिको फुल रोपिसकेपछी दिलभित्र
दिलको बगैचामा सधै सजाउन गाह्रो

मन त त्यसै जल्छ आगो बिना पनि
मात्र तिमि प्रतिको प्रेम जलाउन गाह्रो

दुखिरहने रोइरहने यो मेरो दिल लाई
अतीत सबै झुटो भनी फकाउन गाह्रो

सोल्टी सुजन राई
भोजपुर

बोनस शेर

उनकै नाम छातिमा लेखेको छु मैले
बिडम्बना त्यो तस्विर पठाउन गाह्रो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here