Home फिचर डा. केसि बारे कविले लेखे यस्तो…

डा. केसि बारे कविले लेखे यस्तो…

197
0
SHARE

कवि – विकास रोका मगर  

 

कानुन – १

यसर्थ रंगिएको छ –
सत्यको रगतले न्यायलयको भित्ता ।

अदालतको दस्तावेजमा
बसेको छ – क्रुर क्रुर अन्धो कानुन
बिना कुनै सहयोगी
निस्किएको छ अपराध नाचेको –
यो एक्काइसौं शताब्दीको अँध्यारो शहरमा ।

लुकामारी खेल्छ समय-शाषकहरुको खल्तीमा
अघाएर रात्रीभोजबाट निस्कन्छ बाटोमा
र निर्दोष आँखाहरु माथि गरिरहन्छ हल्ला ।

कानुन मन्दिरको पाउ समाएर
पुकारीबस्छ – न्यायको मृत्यु ।
न्याय हिजो मर्यो । आज पनि मर्यो ।
र मरिरहनेछ पलपल यसरी हजार डा. केसीका विचारहरुमा ।

यसर्थ रक्ताम्य छन्
न्यालयका एकएक भित्ताहरु
सत्यको रगतका बछिटाहरुले ।
******
आँखामा पट्टी बाँधेर बाँच्यौ भने हामि जनता
समाएर सत्यको निर्दोष गर्धन
अपराध बाँच्नेछ –
अब यो देशमा ।

 

कानुन २

-विकाश

उहिले भर्खर बाँधिएको थियो – कानुनको आँखा ।

जे सुन्थ्यो – ठिक सुन्थ्यो
र ठिक ठिक बोल्थ्यो ।

आज बर्षौं पछि पनि –
उज्यालो बिहिन आँखाबाट – हराईगएछ ज्योती ।
बन्द नै छ कानुनको आँखा ।

तर खुल्ला भएछ नाक –
मज्जाले सुंघ्न थालेकोछ – पैसाको सुगन्ध ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here