Home फिचर  बिकट बस्तीमा डाक्टर-पोषण तथा स्वास्थ्य शिबिर सम्पन्न …

 बिकट बस्तीमा डाक्टर-पोषण तथा स्वास्थ्य शिबिर सम्पन्न …

42
0
SHARE

रेडियो सम्बादाता

जिल्लाकै बिकट भेग भनेर चिनिने काभ्रेको डांडापारी स्थित मिल्चे महाङ्काल र साल्धारा भ्याकुरेमा दुई दिने पोषण तथा स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय पशुपति युवा क्लबको समन्वय तथा ललितपुरको नेपाल युथ फाउण्डेशन नेपाल नामक गैरसरकारी संस्थाको आयोजनामा पोष २५ गते जनहित मा.बि.महाङ्काल र पौष २६ गते ज्ञानकुञ्ज प्रा.बि. भ्याकुरेमा संचालित उक्त शिबिरमा १० बर्ष मुनिका जम्मा ६७२ जना बालबालकाहरुको स्वास्थ्य जाँच गरी आवश्यक औषधीहरु बितरण भएकोछ ।

ग्रामिण दुरदराज तथा बिकट बस्तीहरुमा बालबालिकाको पोषण तथा स्वास्थ्य स्थिती अत्यन्तै दयनिय र चिन्तित अवस्थाबाट गुज्रिरहेको र यसतर्फ कुनै बाबुआमाले ध्यान दिएको पाइदैन । आफ्नो घरबारी करेसामा उत्पादन हुने  बिशुद्द खाद्यान्नलाई जाँड रक्सी बनाइ खाने संस्कार रहेको, उत्पादित सागसब्जी तरकारी फलफूललाई मिलाएर खाँदा पौष्टिक तत्व पाइन्छ भन्ने कुराको चेतनामा कमी, बाल स्वास्थ्य परिक्षण गर्न अस्पताल लैजान आर्थिक अभाव जस्ता कुरालाई मध्यनजर गर्दै पोषण तथा स्वास्थ्य शिबिर आयोजना गर्न पहल गरिएको कुरा पशुपती युवा क्लबका अध्यक्ष कमल पुलामीले बताए । उन्ले उत्साहित हुदै भने– “शिबिर अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोछ । मिल्चे महाङ्कालको शिबिरमा भन्दा साल्धाराको भ्याकुरेमा भएको शिबिरमा कुपोषित बालबालिकाको सँख्या धेरै भेटियो । सही ठाउमा शिबिर संचालन गरिएछ भन्ने लाग्यो ।”

शिबिरमा निशुल्क औषधी उपचार पाउनुका साथै कुपोषित बालबालिकालाई पोषण पुनस्र्थापना गृह ललितपुर सुनाकोठीमा थप उपचार तथा स्वास्थ्य सुधार निशुल्क हुने कुराले अभिभावक खुशी भएकाछन् । यस्तो दुर्गम बस्तीमा शिबिर संचालन गर्न दुई घण्टा पैदल हिडेर उत्साहपूर्वक शिबिर सम्पन्न गर्न आइपुगेका बरिष्ठ बालरोग बिशेषज्ञ डा. समुद्र बजिमायाको टिमलाई स्थानिय समुदायले खुसी हुदै धन्यवाद प्रकट गरेकाछन् ।

नेपाल युथ फाउण्डेशन नेपालका शरद शर्मा दाहालका अनुसार– यस क्षेत्रको बालबालिकाहरुमा पोषणबारे सचेतना हाँसिल होस् र समयमै कुपोषण सम्बन्धि रोगको उपचार सम्भव भन्ने अभिप्रायले यो कार्यक्रमको आयोजना हो । फाउण्डेशनले देशका बिभिन्न भागमा यस्तो शिबिर संचालन गर्दै आएकोछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here