Home फिचर पावर र शक्तिकाे अाडमा अाखिर दाङलाई पक्षपात..

पावर र शक्तिकाे अाडमा अाखिर दाङलाई पक्षपात..

111
0
SHARE

टेक बहादुर पुन “टेकु

दाङ्ग लगायत अासपासका जिल्लामा अाश लाग्दा जनप्रतिनिधि हुँदा समेत रुपन्देहिमा दिप प्रज्वलन हुन पुग्याे भने दाङ्ग लगायत अासपासका जिल्लामा चैत, बैशाषकाे खडेरिले छाेयाे । म जस्ता लाखाैँ जनतालाई बिश्वास थियाे दाङ्ग प्रदेश ५ काे राजधानि हुन्छ भनेर,,!! बिश्वास नहाेस पनि कसरी!! एमाले स्थाई कमिटि सदश्य शंकर पाेख्रेल, माअाेबादि नेता तथा पुर्ब उपप्रधानमन्त्रि कृष्णबहादुर महरा, काँग्रेश नेता तथा राज्यमन्त्रि डिल्लि चाैधरि जस्ता चर्चित केन्द्रीय नेताहरुले दाङ्गबाट जितेका थिए,,,

त्यस्तै राेल्पाबाट चुनाब जितेका माअाेबादि नेता बर्षमान पुन, दाङ्गका काँग्रेश नेता दिपक गिरि जस्ता चर्चित नेता दाङ्गलाई राजधानि बनाउने भन्दै हात धाेएरै लबिङ्ग थाले । तरपनि याे पाैष, माघकाे जाडाेमा खलखलि पसिना चुहाउँदै घुडा टेक्नैपर्ने बाध्य भए । यस्ता विभिन्न पार्टिका चर्चित नेता दाङ्गकाे पक्षमा भएपनि जाबाे एक नेता बिष्णु पाैडेलकाे सामु उनिहरुकाे कुनै सीप चलेन । अाखिर पाैडेलले प्रदेश ५ काे अस्थाई मुकाम रुपन्देहि लाई बनाई छाडे ।
यसबाट के स्पष्ट हुन्छ भने केन्द्रीय लेभलमा महरा, पाेख्रेल, चाैधरि लगायत राप्तिका अन्य नेताहरुकाे पहुँच रहेनछ याे मेराे ठम्याई हाे ।। फरक यति हाे रुपन्देहिकाे पक्षमा स्वयम् प्रधानमन्त्रि कम्मर कसेर लागेका थिए रत रुपन्देहि अस्थाई मुकाम हुन सफल भयाे ।

?

अाज त्यसैकाे बिराेधमा दाङ्ग ठप्प छ । शिक्षण सँस्था, बजार, यातायात लगायत सबै बन्द छन्,,,। अनि चाेकचाेकमा बसेर सरकारकाे यस्ताे निर्णय प्रति घाेर भत्सर्ना गर्दै अान्दाेलनमा छन् ती किसानि, अान्दाेलनमा छन् ती व्यापारी । रुपन्देहिकाे बिराेधमा प्युठान र बाँके पनि बन्द हुने तयारिमा छन् । कपिलबस्तु बन्द छँदैछ । अझ उसकाे अाफ्नै माग छ कपिलबस्तु लाई राजधानि बनाउने । सधै यसरिनै चलिरहे साँझ बिहान काम नगरि खानलाई धाैधाै पर्ने ती किसानिका बच्चाले के खान्छन् हाेला साेच्दैछु म !! ६ महिना पनि राम्राे सँग पढ्न नपाएका ती परिक्षार्थिले अाउँदै गरेकाे परिक्षामा के लेख्छन् साेच्दैछु म !! गन्तब्यमा पुग्नलाई दाैडेका ती यात्रि कसरी पुग्छन् साेच्दैछु म !! जसलाई एक सेकेण्डकाे पनि महत्व हुन्छ ।। याे प्रक्रिया कहिले सम्म चलिरहने??

सरकारकाे यस्ताे घटिया निर्णयले लाखाैँ जनताकाे मन क्षत बिक्षत हुन पुग्छन्,,,।। अनि कष्ट हरुलाई हाँसिखुसि अँगाल्नै पर्ने कस्ताे नियम हाे याे?? अाखिर नेपाली जनता कहिले सम्म अाँशुकाे सागरमा पाैडि खेलिरहने हाे?? कसले बुझिदिने याे कुरा? अाज फेरि एकचाेटि साबित भएकाे छ जति जाेगि अाएपनि कानै चिरेका ।।
अाँखा भएर पनि अन्धाहरुले भाैगाेलिककाे दुरिलाई नियाल्न सकेनन् । राजधानिकाे लागि सबै प्रक्रिया पुगेकाे दाङ्गलाई देखेनन् । सुगम्ताले भरिपुर्ण दाङ्गलाई भुले । सुरक्षाकाे हिसाबले अति सुरक्षित ठाउँ दाङ्गलाई छाेडेर रुपन्देहि अगाल्न पुगे छन् । तस्करिका निम्ति दाङ्गमा जति अप्ठेराे छ त्याे भन्दा चाैगुणा रुपन्देहिमा सजिलाे छ । सबैलाई थाहा भएकै कुरा हाे त्यहा क्षिमेकि राष्ट्र भारत सँग प्रत्यक्ष सिमाना जाेडिएकाे छ । सरसर्ति हेर्दा प्रदेश ५ काे भबिश्य अब कुन माेडमा जाला !! चिन्ताकाे बिषय हाे याे । केन्द्रीय राजधानिकाे सम्भाबना बाेकेकाे दाङ्गलाई प्रदेश राजधानिकाे निम्ति उपयुक्त ठानिएन,,,। संघियताकाे कुरा गर्ने तिनै नेता हुन,, तर प्रदेशकाे टुप्पा या ठेला भागलाई राजधानिकाे लागि उपयुक्त ठान्दछन् । सिरानिमा खुट्टा हाेईन शिर राख्ने गरिन्छ भन्ने कुरा सम्मानिय प्रधान मन्त्रि शेर बहादुर देउबा जि लाई सायद थाहा नहुन सक्छ ।।

भ्रष्ट र दलालहरुले राज गरेकाे देशमा बस्छु म,,,, तैपनि म खुसि छु । गर्व गर्छु म जन्मेकाे गाउँ अनि मेराे नेपाल प्रति । कहिल्यै भन्न छाेडिदैन “जय नेपाल”

लमहि, दाङ्ग

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here