Home फिचर देश सबृद्ध गर्नका लागि सबैको जागर चाहिन्छ – अनन्त http://news.radionabinsansar.com/?p=518

देश सबृद्ध गर्नका लागि सबैको जागर चाहिन्छ – अनन्त http://news.radionabinsansar.com/?p=518

158
0
SHARE

रेडियो माडी आवाज

रोल्पा ६ माघ

रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागर आवश्यक हुने बताउनुभयो । उहाले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ रोडम्याप तयार गरेर योजना निर्माण र कार्यन्वयन गर्ने समेत बताउनुभयो ।

महोेत्सवका संयोजक इमान विष्टको अध्यक्षता पूर्व रहेको दोस्रो चतुर्भुज माण्डवी कृषि, पर्यटन तथा सास्ँकृतिक महोत्सव २०७४ को उद्घाटन गर्दै अर्थमन्त्री समेत रहनुभएका पुनमगरले शुक्रबार रोल्पाको खुग्री चुतुर्भुजमा यस्तो बताउनुभएको हो । उहाँले आफु अर्थमन्त्री हुदाको कार्यकालमा युवा स्वरोजगार, सहकारी विकास, पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा सके जति पहल गरेको बताउँदै अबको सरकारले पनि युवाहरुलाई रोजगार बनाउनु पर्ने, सबैलाई श्रम गर्ने सँस्कारको निर्माण गर्नु पर्ने, श्रम गर्ने जनशक्तिलाई सम्मान गर्ने, व्यावसायीहरुलाई अनुदान दिनुपर्ने उल्लेख गर्नुभयो ।

युवा नेता पुनमगरले सफल युवाहरुले आफू पनि रोजगार बन्दै अरुलाई पनि रोजगार प्रदान गरेपछि मात्रै बेरोजगार अन्त्य हुने धारण ाव्यक्त गर्नुभयो । उहाँले स्वर्गद्वारी र जलजला लगायत रोल्पा र प्यूठान जिल्ला युद्ध पर्यटन, धार्मिक र साँस्कृतिक पर्यटनको सम्भावना राम्रो भएकोले सबैलाई आर्थिक उत्पादन तिर लाग्नका लागि आह्वान गर्नुभयो ।

नेकपा –माओवादी केन्द्र ५ नं. प्रदेश इन्चार्ज समेत रहनुभएका नेता पुनमगरले हाल प्रदेशको अस्थायी राजधानीका विषयमा भइरहेको आन्दोलनका बारेमा सरकारले जनसंख्यालाई मात्रै आधार मानेको भन्दै भौगलिक सुगमतालाई पनि ध्यान दिनु पर्ने बताउनुभयो साथै आन्दोलनलाई सचेत र कुशल ढंगले अगाडि बढाउँदै प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापन परिवर्तनको लागि आन्दोलन पूरा भएको बताउँदै भन्नुभयो ः–“जस्तो भए पनि राजाकै सन्तान राजा हुनु पर्ने व्यवस्थानको विरुद्धमा आन्दोलन गरेका थियौँ सफल भयो अब जनताको छोराछोरीले पनि राजनीति गर्न सक्ने र सत्ताको नेतृत्व गर्न सक्ने व्यवस्था लिएका छाँै ।”

घर्तीमगरले परिवर्तन र नयाँ संविधानको कार्यन्वयको अन्तिम चरणमा पुगेको उलl

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here