Home प्रविधि नेपाल अाइडल टप४सागर अाले मगर लगायतका अाधा दर्जन बढी कलाकारहरु मलेसियाको जाेहरमा...

नेपाल अाइडल टप४सागर अाले मगर लगायतका अाधा दर्जन बढी कलाकारहरु मलेसियाको जाेहरमा अाउने

142
0
SHARE

यामराज बिष्ट मलेसिया , चिनियाँ नया बर्ष २०१८ अबसर पारेर मलेसियाकाे जाेहरमा सास्कृतिक कार्यक्रम हुने भएको छ। सगुन सास्कृतिक मंच जोहर र रेस्टुरेन्ट पाहुना घर मलेसियाले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक सांगीतिक कार्यक्रममा नेपाल बाट ख्याति प्राप्त करिब अाधा दर्जन भन्दा बढी कलाकारहरु मलेसियाको जाेहरमा अाउन लागेका हुन।
चिनिया नया बर्षको सार्बजनिक बिदालाइ सदुपयोग गरि उक्त कार्यक्रम आयोजना गरिएको हो। फेब्रुअरी १६मा न्युयोर्क होटेल जोहरमा हुने कार्यक्रममा देश तथा बिदेशमा चर्चा कमाएका राष्ट्रिय तथा स्थानीय दर्जनौ भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् |

नेपाल बाट अाउने राष्ट्रिय कलाकारहरुमा,पछिल्लो समयमा निकै ब्यस्त युवा गायक नेपाल अाइडल टप४सागर अाले मगर , लोकदाेहरी गायिका भुमिका गिरी, चर्चित हास्यकलाकार बिष्णु सापकोटा (हर्के हल्दार) मोडल तथा डान्सर एलिसा राई, गायिका दीपा लामा, पप गायक सुनिल मगरको जोडदार प्रस्तुति रहने छ।

त्यसैगरी स्थानीय कलाकारहरु,सञ्चारकर्मी तथा गायक यामराज बिष्ट ,लाेकगायक बिन्दु दर्लमी मगर,अाधुनिक गायक अर्जुन किराँती, बिरबल राई,माैसम तमाङ,अनिश राई,साेनम लामा,मेनुका थापा मगर,बिपना माेक्तान देविका सुनार,जिवि खड्काअनिल राई,प्रेमा शेर्पा ,रञ्जु गाैतम,सफल सागर,गणेश अारपी,उतम कुलुङ,दिलिशा राई पनि अाफ्नाे प्रस्तुतिहरु राख्ने छन्। उक्त कार्यक्रम को मिडिया पाटनर ,काराेबार राष्ट्रिय दैनिक,अाेएस नेपाल ,दर्पण नेपाल रहनेछन् ।कार्यक्रम न्यु योर्क होटल जाेहरमा बिहान१२:०० देखि सुरु हुने अायाेजक ले जानकारी दिएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here