Home विदेश कवि “वियोग” का कविताहरु

कवि “वियोग” का कविताहरु

180
0
SHARE
सक्नेले शिम्हदरबार जापान अमेरिका टाक्छन
नसक्नेले त यहाँ जसरी भएपनि खाडी टाक्छन
यो टाका टाँकको स्थितिमा फरक केही देखिंदैन
गरिबले छाना टाल्न पेट पाल्नको लागी टाक्छन
केहीले गल्ती ढाक्न र ढुकुटी रीत्त्याउन टाक्छन
ती छिमेकीको सम्बन्धमा चिन्ता छ सीमा हेरिदैन
ऊँचाई र अनुहार हेरिन्छ बारम्बार कर्तुत हेरिँदैन
जिज्ञासा के होला त राष्ट्र र राष्ट्रीयताको मूल्यांकन
जब सम्म स्वार्थ फेरिँदैन विकास निकास हेरिँदैन
मुद्दा उठाउनुको औचित्य छैन मान समान हेरिँदैन
यही भेट्टाएकोछु पोल खोल्ने बोल्नेवाला पनिछन
ठूलाठूला झुटो दिलाशा भाषण दिनेवाला पनिछन
त्यो नीति नेताले जन्माएको अदालतमा ठगी मात्रै
कसरी हुन्छ सजाय धाराले बचाउनेवाला पनिछन
किनकि उनैको हातमा कानुन र रखवाला पनीछन
भन्छन”सिधा कुरा जन्तासग जन्ता जान्न चाहन्छ”
जानेर के गर्नु दोषी फाँसीमा चढाएको हेर्न चाहन्छ
नदेऊ राहत म आफ्नैबाट देश विदेशमा ठगिएपछि
मानव अधिकार व्यवस्था प्रणाली ठीक हुन चाहन्छ
तुलुतुलु बाकसमा सडेको होईन नयाँनेपाल चाहन्छ
नाम खड्क पुन “वियोग”  
ठेगाना गुल्मी 
हाल : मलेसीया 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here