Home फिचर लोक दोहोरी गायक मोहन घर्ती मगरको दुईवटा एल्बम छिट्टै बजारमा आउने…

लोक दोहोरी गायक मोहन घर्ती मगरको दुईवटा एल्बम छिट्टै बजारमा आउने…

362
0
SHARE

रेडियो समाचार, रेडियो नवीन संसार

नेपालि साङ्गेतिक क्षेत्रमा केही गर्छु भन्नेहरु सबै बिदेश पलायन भैरहेका छन र हुँदै पनि छन्। यसरी पलायन भएर पनि आफ्नो देशको मायालाई मुटुमै राखेका छन।
संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो देशको कला र साहित्यलाई जस्ले माया गर्छ जगेर्ना गर्छ। उस्ले कदापि भुल्दैनन र आफ्नो देश छोडेर पराई देशमा गए पनि चटक्कै माया मार्न सक्दैनन्। आफ्नो देशको मौलिक संस्कृति र भाषा कलाहरुलाई सधै सबैले माया गरिरहने छन्।

रोल्पाको साविकको बुढागाउँको त्रिबेनि गाउँपालिकामा जन्मिएका लोक दोहोरी गायक मोहन घर्ती मगर पनि अहिले आफ्नो देशमा छैनन् र पनि लोक संस्कृती र भाषालाई औधी प्यार गर्छन्। त्यसैले पनि होला। गाउँ ठाउँ मेला पर्ममा गुञ्जने लोक धुनहरुमा आफ्नो स्वर गुञ्जयमान बनाएका छन्। र देशका कुना कन्दराहरुलाई मोहन जस्तै कलाकारहरुले परदेशमा रहेपनी गाउँ घरका बस्तिहरुलाई सङ्गितमय बनाएका छन्। त्यसैले मोहनले पनि परदेशी भुमिबाट भए पनि चर्चित लोक दोहोरी गायक गायिकाहरु सङ्ग आफ्नो स्वरलाई स्वरबद्ध गराउन सफल भैसकेका छन्। र बनाउने क्रम जारी छन।

लोक दोहोरी गायक मोहनका एकल र दोहोरी गरेर करिव १ दर्जन जति गीतहरु बजारमा आइसकेका छन्। यसै क्रममा फेरि पनि उनको केही समय पछि दुई ओटा लोक दोहोरी गीतहरु तिम्रै झल्को आउँछ परदेशमा बोलको गीत हरि मगरको लय शब्द र स्वरमा मोहन घर्ती मगर, मिना लामाको स्वर र अर्को गीत उड्यो जहाज… नामक बोलको गीत लय शब्द कुमार बिक र स्वरमा चर्चित लोक दोहोरी गायिका मुना थापा मगर र मोहन घर्ती मगरको रहेको गीत छिट्टै बजारमा आउन लागेको डिएस मिडिया प्रालिका प्रबन्धक सञ्जय परियारले जानकारी दिएका छन।

डिएस मिडिया प्राली बाट बजारमा आउन लागेका यी दुई गीतहरु पहिले भन्दा अझ पृथक र मार्मीक रहेकोले बिगतमा भन्दा अहिलेका यी गीतहरु बजारमा राम्रो मार्केटिङ पाएमा चर्चा बटुल्न सक्ने गाय स्वयंले बताएका छन।

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here