Home प्रविधि छोरिको जीवन बचाई दिनुहुन परिवारबाट सहयोगको अपिल…. (भिडियो सहित )

छोरिको जीवन बचाई दिनुहुन परिवारबाट सहयोगको अपिल…. (भिडियो सहित )

199
0
SHARE

रोल्पाको कुरेली मर्बाङकि बीस बर्षीया मंगला पुनको यति बेला पेटको क्यान्सरले गर्दा जीवन मरणको दोषादमा मृत्युसँग लडिरहेकि छिन। कलिलो उमेरमा केहि गरौला र खाउला भन्ने बेला मृत्यु सँग लडिरहेकी मंगलालाई यति बेला उपचारका लागि विभिन्न संघ संस्थाहरुले पनि सक्दो सहयोग र साथ दिइरहेका छन्। मङ्गला पेटको क्यान्सरले गर्दा अहिले चितवनको क्यान्सर अस्पतालमा २ महिनादेखि उपचाररत छिन।

दुई समाजिक सक्रिय संस्थाहरु कुरेली सेवा समाज तथा अन्तर्राष्ट्रिय सम्पर्क मञ्चले रु ८९,४२५ र रोल्पाली ढाङढुङ सेवा समाज घोराही दाङले रु ६८,९५० रुपैयाँ गरी रु. १ लाख ५८ हजार ३ सय ७५ रुपैयाँ नगद आर्थिक सहयोग क्यान्सर पिडित मङ्गलालाई हस्तान्तरण गरिसकेका छन् । यसै गरेर देश बिदेशमा खुलेका विभिन्न संघ संस्था लगायत सम्पुर्ण नेपालि मनहरुलाई मङ्गलालाई उपचारका लागि सहयोग गरिदिनुहुन पनि यी दुई सक्रिय संस्थाहरुले पनि हार्दिक आग्रह गरेका छन्। “स्वच्छ बिबाद रहित समुन्नत समाज निर्माणको लागि समृद्ध कुरेली बनाउने हाम्रो महाअभियान” भन्ने नारा सहित अगाडि बढेको कुरेली समाज तथा अन्तर्राष्ट्रिय संपर्क मंचमा सबैलाई आवद्ध हुन पनि हार्दिक अपिल गरेका छन।

मङ्गला पुन बचाउ अभियानका लाल बाबु बुढा कुरेली समाज तथा अन्तर्राष्ट्रिय मंच,साउदी अरब शाखाको महासचिब पनि हुन। त्यसैले उहाले सक्दो सम्पुर्ण मिडियाहरुलाई प्रचार प्रसारमा पनि सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ। क्यान्सर पीडित पुनको मध्यम निम्न स्तरीय परिवार हो। परिवार पनि निकै ठूलो परिवार र कमजोर आर्थिक अवस्थाले निकै नाजुक भएका पिडितकि बुवा कृष्ण पुनले आफ्नो छोरीलाइ क्यान्सर रोगको उपचारमा लाग्ने खर्च समेत नभएकोले सबै दयालु मनहरुलाई सहयोग गरि छोरिको प्राण बचाई दिनको लागि विनम्र आग्रह गरेका छन।

सबैलाई सहयोग गर्न र जानकारी दिन र लिन सहज होस भनेर “क्यान्सर पिडित मङ्गला पुन बचाउ अभियान” नाम पब्लिक फेसबुक ग्रुप पनि खोलिएको छ। उक्त ग्रुप खोल्नुको उदेश्य पनि सम्पुर्ण सहयोगी मनहरुको नगद र नाम लिस्ट उक्त ग्रुपमा पनि सार्वजनिक गरिने समाज सेवि तथा प्रचार प्रसार अभियन्ता लाल बाबू बुढाले बताउनु भएको छ। त्यसैले उक्त पब्लिक ग्रुपम आफ्ना साथिभाई जोकोहीलाई Add Members गर्न र ग्रुप बारेमा जानकारी गराउनहुन आग्रह पनि गरेका छन् ।

भिडियो हेर्न र बुझ्नलाई लिङ्कमा क्लिक गर्नुहोस्:

 

नोट : एक पटक यो समाचार पढिसकेपछी सबैले फेसबुकमा Share र साभार गरेर सहयोग पनि गरिदिनुहोला।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here