Home फिचर गजल- होलान

गजल- होलान

55
0
SHARE

तिम्रो डोली उठाउँदा मेरो तिला छर्दै होलान
लास बोकी काँधमा मलामीहरु झर्दै होलान

जब पुग्नेछ नाच्दै जन्ती तिम्रो घर आँगनमा
यता मलाई जलाउन चाँजोपाँजो गर्दै होलान

सम्झाऊनेको भीड लाग्छ कोही सम्हाल्नमा
रुवावासी जताततै आफन्त मुर्छा पर्दै होलान

अगरबत्ती फूल फोटोमा हार चढाई स्मृतिमा
सुम्पिएर पराईको झोलीमा खुशी भर्दै होलान

नाम:-खड्क पुन “वियोग”
ठेगाना-गुल्मी
हाल:-मलेसिया

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here