Home विदेश गजल

गजल

73
0
SHARE

अब मेरो खुशीको पल बाँकी रहँदैन
नगर है कान्छी हलचल बाँकी रहँदैन

अचेल प्रमाण चाहिन्छ जुन कुरामा पनि
तिम्रो अनुमान र अड्कल बाँकी रहँदैन

जसरी हिमाल, पहाड स्थिर रहेका छन
त्यसैगरी  जिन्दगी अटल बाँकी रहँदैन

कुनै दिन गरिबको पनि त पालो आउला
सधैं  तिम्रो  त्यो  महल  बाँकी  रहँदैन

एकदिन अवश्य फडानी गर्नेछन चोरहरु
जब हरियाली बन जङ्गल बाँकी रहँदैन।
कलम चलाउने
                          कमलबजार न.पा.५
                             कुईका अछाम
                      हाल: धनगढी कैलाली।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here