Home प्रविधि ​प्रदेश नम्बर २ को पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव फागुन २ गते

​प्रदेश नम्बर २ को पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव फागुन २ गते

225
0
SHARE

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, माघ २१ –प्रदेश नम्बर २ को पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ । दोस्रो बैठक आउँदो माघ २९ गतेको लागि तोकेर पहिलो बैठक सम्पन्न भएको छ ।

बैठकले प्रदेश नम्बर २ को सभामुखको चुनाव आउँदो फाल्गुन २ गतेको लागि तोकेको छ । आइतबार जनकपुरको शैक्षिक तालिम केन्द्रको भवनमा मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक दिउँसो १ बजेर ३० मिनेटसम्म चलेको थियो ।

आइतबार भएको पहिलो प्रदेशसभा बैठकको सभामुखको भूमिका जेष्ठ सदस्य लगनलाल चौधरीले गर्नुभएको थियो । उहाँले आउँदो फाल्गुन २ गतेका लागि सभामुखको चुनाव हुने र दोस्रो बैठक आउँदो माघ २९ गते हुने घोषणा गर्दै पहिलो बैठक समापनको घोषणा गर्नुभएको थियो ।

साभार:उज्यालो

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here