बुटवल। प्रदेश ५ काे पहिलाे बैठक अाज सम्पन्न भयकाे छ।
५ नम्बर प्रदेशको राजधानी बुटवलको उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । बैठकलाई प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सञ्चालन गरेका थिए ।बैठकले सभामुख र उपसभामुख काे निर्वाचनकाे मिति अाउदाे फागुन २ गते ताेकेकाे छ।
बैठकमा एेमाले का नेता तथा भावी मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेलले पाँच नम्बर प्रदेशलाई सबैभन्दा खुसी र सुखी प्रदेश बनाउन सबैले काम गर्नुपर्ने बताए। पाँच नम्बर प्रदेशमा ५ दलका जम्मा ८७ जना सांसद रहेका छन् ।