अशोक ओली परिवर्तन, माघ २४
रोल्पा जिल्लाको इतिहिासमै पहिलो पटक सुकिदह गाउँपालिकामा अध्यक्ष कप रनिङि शिल्ड प्रतिया्ेगिता र वडा स्तरीय रनिङ सिल्ड प्रतियोगिता २०७४ हुने भएको छ । यही फागुण १ गते सुकिदह ४ बसारे चौर रोल्पामा आयोजना हुने उक्त कार्यक्रममा पुर्व अर्थमन्त्री एवम रोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य बर्षमान पुनको प्रमुख आतिथ्यता एवम पुर्व सभामुख ओनसरी घर्ति , पुर्व मन्त्री जयपुरी घर्ति, प्रदेश सांसद दिपेन्द्र कुमार पुन मगर सिजलको विशिष्ट आथित्यता रहने सुकिदह गाउपालिका अध्यक्ष विर बहादुर खत्रीले जानकारी दिनु भएको छ ।
विद्यालय स्तरीय गाउपालिका अध्यक्ष रनिङ सिल्डमा छात्र, छात्रा दौड प्रतियोगिता, शैक्षिक सामाग्री प्रर्दशन, लोक नृत्य, मार्चपास,आठ कक्षा स्तरिय हाजिरीजवाफ प्रतियोगिता र मावि स्तरीय शिक्षक विद्यार्थी भलिबल प्रतियोगिताका विधामा प्रतिस्पर्धा गराएर निर्धारीत अङकका आधारमा विजेता घोषणा गरिने खेलकुद विकास समितिका अध्यक्ष हरीबहादुर ओलीले जानकारी दिनुभयो । यसै गरि वडा स्तरीय रनिङ सिल्डमा आयोजित प्रतियोगिताहरु सुद्ध वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता, वडा स्तरीय कृषि प्रर्दशनी, पौराणिक नाच, लोक दोहोरी प्रतियोगिताका विधामा प्रतिस्पर्दा गराएर निर्धारण गरिको अङकका आधारमा विजेता घोषणा गरिने उहाँले जानकारी दिनुभयो । सबै विधामा प्राप्त गरेको नम्वरमाका आधारमा गाउँपलिका अध्यक्ष रनिङशिल्ड प्रतियोगिता र वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिता दुबैमा प्रथम स्थान हासिल गर्ने विजेताले रु ६६ हजार ६ सय ६६ नगद सहित मुख्य शिल्ड , दोश्रोलाई ४४ हजार ४ सय ४४, तेश्रोलाई २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।