Home फिचर आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका आयुशलाई

आर्थिक अभावमा उपचार नै नगरी पर्काए आगोमा जलेका आयुशलाई

41
0
SHARE

मनिषा राई ÷ रोल्पा माघ

पुर्वी रोल्पाको सुवर्णवति गाउापालिका पञ्किोट घोडागाउँमा आगोले पोलेको बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ ।

अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुश पुनमगरले आर्थिक अभावका कारण उपचार पाउन सकेन ।

माघ १३ गते भएको आग्लागीमा परि आयाुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगेको आयुशकी हजुर आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।

आयुश पुनमगरका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लग्दा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता लिन आफू बाध्य भएको बताउनुभयो । घरमा उपचार गर्दा निकै समस्या रहेको आयुशका आमा पूर्णिमा पुनमगरले बताउनुभयो ।
उपचारको लागि कतै बाट पनि सहयोग नभएको आफू गरिव भएकोले आर्थिक श्रोत नभएकाले फर्काएर लिनु परेको पुनमगरले बताउनुभयो ।

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here