Home फिचर नम्बर ५ सम्पर्क समिति गठन..

नम्बर ५ सम्पर्क समिति गठन..

43
0
SHARE

जि.के. दङ्गाली

दुबई, २७ माघ । ५ नम्बर प्रदेशमा जन्म थलो भएपनी युएइ लाई कर्मथलो बनाउदै आएका पाँच नम्बर प्रदेशवासीले दुबई स्थित “प्रदेश नम्बर ५ सम्पर्क समिति” गठन गरेका छन ।

सृजना के.सीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए आइसिसि सदस्य चीत्र केसी र अतिथि मा एनआरएनए आइसिसि सदस्य दुर्गा प्रसाद काफ्ले को उपस्थिति रहेको थियो ।

विदेशमा रहदा सिकेका सिप र कलालाई आफ्नो जन्मथलोको उन्नतिका लागि लगाउने र प्रदेश ५ लाइ एक समुन्नत प्रदेश बन्न सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थामा १७ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

प्रदेश नं ५ अन्तर्गत १२ ओटै जिल्लाका प्रतिनिधिको भेलाले प्रदेश नम्बर ५ सम्पर्क समिति युएई गठन गरिएको यो संस्थाको अध्यक्ष्यमा अर्घाखाँचीका राजु खड्का, बरिष्ठउपाध्यक्षमा  दाङका नरेश सेन, उपाध्यक्षमा रुपन्देहीका तारा मल्ल र रोल्पाका डिलाराम वली, महासचिबमा गुल्मीका खगेन्द्रपराजुली, सचिवमा रुपन्देहीका भिम के.सी, कोषाध्यक्ष दाङका विस्वदेब शाह, सहकोषाध्यक्षमा कपिलबस्तुका शुस्मा खरेल र प्रवक्ता रोल्पाका कुमारके.सी  रहनुभएको छ ।

त्यसैगरी सदस्यमा रोल्पाका वीर बहादुर घर्तीमगर, रुकुमका कैलाश खाम मगर, अर्घाखाँचीकी  चन्द्रकला घिमिरे, रोल्पाका कृतिमान पुन मगर, प्युठानका नारायण आचार्य, बर्दियाका दुर्गा प्रशाद पौडेल गुल्मी जीवन सिंह ठकुरी रहनुभएको छ ।

उक्त कार्यक्रमा बोल्ने वक्ताहरुले “नेपालीहरुले अहिले भिजिट भिसामा युएइ आउँदा भोग्नुपर्ने समस्या, महिलाहरुले छुट्टीमा गएर फर्किंदा र नयाँ भिसा लगाउदा भोनुपर्ने समस्याहरु, प्रदेश ५ मा लगानीका सम्भावना र विकाशका लागी गर्न सकिने योगदानको वारेमा चर्चा गरिएको थियो  । साथै कार्यक्रममा बोल्ने वक्ताहरुले आफुहरु राजनीति बाट टाढै रही सेवा र विकाशको भावनाले काम गरे मात्र समृद्धिको लक्ष्य प्राप्ति गर्नसकिने भनाइ व्यक्त गरेका थिए” ।

संस्थाको पहिलो बैठक निकट भविश्यमा बोलाएर कार्यदिशा निर्धारण गर्ने निर्णय गर्दै निर्वाचित पदाधिकारीहरु बिच शुभकामना आदान प्रदान गर्दै उक्त प्रथम भेला समापन गरिएको प्रवक्ता कुमार केसीले जानकारी गराउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here