Home फिचर ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘‘शाखा रहित बैङिकङ सेवा’’ उद्घाटन...

ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘‘शाखा रहित बैङिकङ सेवा’’ उद्घाटन समारोह माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा सम्पन्न

79
0
SHARE

मनिषा राई ÷ माघ २९ रोल्पा

ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘‘शाखा रहित बैङिकङ सेवा’’ उद्घाटन समारोह माडी गाउपालिका २ घर्तीगाउ रोल्पामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा माडी गाउपालिका प्रमुख नन्द बहादुर पुनमगर आनन्दले कार्यक्रमलाई सम्बोधन गर्दै शाखा रहित बैङिकङ सेवाले मात्र पश्चिम रोल्पाका स्थानियहरुलाई अपुग हुने भएकाले ग्लोवल बैंकको शाखा नै बिस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाले पश्चिम रोल्पाका स्थानियहरु बैंक सम्बन्धि सानो कारोबारको लागि पनि समय र पैसा खर्च गरेर सदरमुकाम सम्म जानुपर्नै र सदरमुकाममा गएर पनि समयमै काम सम्पन्न नहुने हुदा थप समस्या हुने भएकाले घर्तीगाउ रोल्पामा शाखा रहितबाट एक्सटेन्सन काउन्टर नै भएपछि पश्चिम रोल्पालीहरुले राहत पाउने बताउनुभयो ।

साथै उहाले आयोजकलाई तत्काल शाखा बिस्तार गर्न आग्रह गर्दै अन्यथा अन्य बैंकको शाखा ल्याउन सकिने जानकारी दिनुभयो । उहाले जनताको समस्यालाई मध्यनजर राख्दै तत्कालै शाखा बिस्तार गर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि ग्लोवल आइएमई बैंक लिमिटेड प्रधान कार्यलयका प्रबिण बिक्रम शाहिले ‘‘शाखा रहित बैङिकङ सेवा’’ ले जनताको घरदैलोमै सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । साथै उहाले गाउघरका जनताहरुलाई बैंकमा पैसा राख्दा सुरक्षित हुने बताउदै सदरमुकाम लिवाङको तुलनामा २ प्रतिशत बढि व्याजमा रकम संकलन गर्न पाउने भएकाले पनि बचत गर्ने बानीको बिकास गर्न समेत आग्रह गर्नुभयो । उहाले ‘‘शाखा रहित बैङिकङ सेवा’’ लाई सहयोग गर्न आग्रह गर्दै छिट्टै नै शाखाबाट सेवा दिने समेत जानकारी दिनुभयो । उहाले यसको लागि केन्द्रिय कार्यलयमा समेत कुरा उठाउने प्रतिवद्धता गर्नुभयो ।

ग्लोवल आइएमई बैंक लिमिटेड माडी गाउपालिका रोल्पाका आधिकारिक प्रतिनिधि कमल घर्तीमगरको अध्यक्षतामा सन्चालन कार्यक्रममा माडी गाउपालिका उपाध्यक्ष धनिकला बुढामगर, माडी गाउपालिका २ का वडाअध्यक्ष ललित घर्तीमगर, नेकपा माओबादी केन्द्र माडी गाउपालिका उपाध्यक्ष हरिसरा घर्तीमगर, कर्मचारीहरुको तर्फबाट नापी कार्यलय माडी गाउपालिका प्रमुख भक्तिराज भट्ट, शिक्षक महासंघ माडी गाउपालिका अध्यक्ष यज्ञ बहादुर डागी, नेपाल लेखापढि कानुन व्यवसाय एशोसियशन माडी गाउपालिका अध्यक्ष शेर बहादुर बुढामगर, बिजय लघुबित्त शाखा कार्यलय माडी गाउपालिका प्रमुख खुम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाका प्रबन्धक प्रबिण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाका बिनोद डागीले गर्नुभएको थियो ।

सम्पुर्ण अतिथिहरुलाई खादा र अविर ल्यापन गरी स्वागत गरीएको कार्यक्रममा नेकपा माओबादी केन्द्र माडी गाउपालिका सचिव बिजय घर्तीमगर, इलाका प्रहरी कार्यलय माडी २ घर्तीगाउ रोल्पाका इन्चार्ज तिलक प्रसाद कलौनी, मालपोट कार्यलय माडी गाउपालिका प्रमुख रुद्र वली, कृषि बिकास कार्यलय माडी गाउपालिका प्रमुख राजकुमार यादव, स्वास्थ चौकि घर्तीगाउ रोल्पाका प्रमुख कृष्ण प्रसाद आचार्य, हातेमालो कृषि सहकारी संस्था माडी गाउपालिका व्यवस्थापक बन्दना घर्तीमगर, नेपाल रेडक्रस सोसाइटी माडी गाउपालिका रोल्पाका जयकली बुढामगर, बजार व्यवस्थापन समितिका भुपु अध्यक्ष रण बहादुर घर्ती लगायतको आतिथ्यता रहेको थियो ।

दिप प्रज्वलनको साथमा उद्घाटन गरीएको कार्यक्रममा प्रमाणपत्र समेत हष्तान्तरण गरीएको थियो ।

 

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here