Home प्रविधि पारसले ११२ रन बनाएपनि नेपाल ७ रनले पराजित, युएई डिभिजन टू को...

पारसले ११२ रन बनाएपनि नेपाल ७ रनले पराजित, युएई डिभिजन टू को च्याम्पियन

52
0
SHARE

काठमाडौं : कप्तान पारस खड्काले नटआउट रहदै ११२ रन बनाउनुका बावजुत पनि नेपाल फाइनलमा युएईसँग ७ रनले पराजित हुँदै डिभिजन टू को उपविजेता बनेको छ।

२७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेलेर ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो। नेपालका लागि पारसले १०४ बल खेल्दै ३ चौका र ८ छक्का प्रहार गरेपनि जितका लागि पर्याप्त भएन।

नेपाललाई जितबाट रोक्दै युएईलाई च्याम्पियन बनाउन बलर अमिर हायतले ४ तथा इमरान हैदरले २ विकेट लिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३५, शरद भेषावकरले ३०, ज्ञानेन्द्र मल्ले २४ तथा रोहित पौडेलले २३ रन बनाए।

नेपालले डिभिजन टू मा पहिलो पटक २ सय भन्दा बढी रनको लक्ष्य पछ्याउने क्रममा सम्हालियर ब्याटिङ गरेपनि जित सक्म पुग्न सकेन।

डिभिजन टू को उपविजेता बनेपछि नेपालले अब अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा घरेलु टोली जिम्वावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ।

यस्तै च्याम्पियन युएईले वेष्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड्स र पुपुवा न्युगिनीसँग खेल्नेछ।

विन्डहोकस्थित वन्डर्रस मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ओपनर ओपनर अस्फाक अहमेदले शतक मद्तमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो। उनले १२३ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा ११४ रन बनाए।

अस्फाकले पहिलो विकेटका लागि कप्तान रोहन मुस्ताफासँग १०९ रनको साझेदारी गरेका थिए। मुस्ताफाले ५१ रन बनाए। यस्तै साइमन खनवरले ४० रन जोडे। रमिद शहजाद ४१ रनमा नटआउट रहे।

बलिङमा नेपालका लागि सोमपाल कामी, बसन्त रेग्मी, सन्दीप लामिछानेले १-१ विकेट लिए।

लिग चरणको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here