Home फिचर नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम “झंकार लाईभ शो” मार्फत संसारका १४२ वटा...

नेपाल टेलिभिजन प्लसको लोकप्रिय कार्यक्रम “झंकार लाईभ शो” मार्फत संसारका १४२ वटा देशमा एकैपटक प्रतक्ष बिमोचन, गीतकार श्री दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर”

104
0
SHARE

नेपाली साहित्य र संगीत बिधाका बिशिष्ट ब्यक्तित्व ज्यू हरूको हातबाट बिमोचित भयो गीतकार श्री दिलिप योन्जन तामाङ ज्युको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” । साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले मुक्तक संग्रहको समालोचना गर्नुभएको थियो भने बरिष्ट संगीतकार श्री राजु सिंहले गीती संग्रह “आफ्नै छायाँले” को समिक्षा गर्नुभएको थियो ।

कार्यक्रममा मुक्तक संग्रह “अमर” का प्रकाशक श्री रूद्र अधिकारी, गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” मा समन्वयकर्ताको भुमिका निर्वाह गर्नु भएकी साहित्यकार श्री बिना थिङ तामाङ, गायक द्वय श्री युवराज चौलागाईं र श्री अजर जंगम, गजलकार श्री ज्ञानुवाकर पौडेल , संगीतकार श्री राजेश थापा, ज्यूहरूको उपस्थिति ले कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रम श्री स्वयत्ना योन्जनले Swoyatna Yonjan VJ Swoyatna Yonjan , DIVA on DANCE संचालन गर्नुभएको थियो । कार्यक्रममा गीतकारको अनुपस्थिति सार्है खड्केको थियो ।

सोहि कार्यक्रममा,यसै गीतीसंग्रहको श्री रामकृष्ण ढकाल ज्यूको स्वर रहेको शिर्ष गीत “आफ्नै छायाँले” को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो, जस्मा श्री पुष्प खड्का, श्री किरण के सि र श्री रूपा कँडेल को अभिनय रहेको छ भने यसलाई श्री काजीस श्रेष्ठ ले निर्देशन गर्नुभएको छ ।
भिडियोको लिंक :

यस गीती संग्रहमा श्री रामकृष्ण ढकाल , श्री मिलन अमात्य , श्री अजर जंगम , श्री प्रमोद खरेल , श्री युवराज चौलागाईं र श्री मेलिना राई को स्वर रहेको छ भने श्री सुमन क्षेत्री , श्री फडिन्द्र राई, श्री लहाङ सुब्बा र श्री साहस शाक्य को संगीत सम्योजन रहेको छ । यस गीती संग्रहको रेकर्डिङ ए वान म्यूजिसीयन मा श्री साजन साह ले गर्नुभएको हो भने मिक्सिङ र मास्टरीङ श्री किशोर थापाले गर्नु भएको छ । यस गीती संग्रहको आवरण डिजाईन भने श्री अनिल स्थापित ले गर्नुभएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here