Home फिचर दिलिप योञ्जनको ‘अमर’ र ‘आफ्नै छायाले’ बिमोचित । उत्कृष्ठ म्युजिक भिडियो प्रशारण..

दिलिप योञ्जनको ‘अमर’ र ‘आफ्नै छायाले’ बिमोचित । उत्कृष्ठ म्युजिक भिडियो प्रशारण..

157
0
SHARE

चर्चित गीतकार तथा साहित्यकार दिलिप योञ्जन तामाङको चौथो गीति एल्बम ‘आफ्नै छायाले’ र चौथो साहित्यिक कृति ‘अमर’ मुक्तसङग्रह हालै एकसाथ बिमोचन भएको छ । एनटिभी प्लसको चर्चित कार्यक्रम झंकार लाइभ सो मार्फत गजलकार ज्ञानुवाकर पौड्याल, साहित्यकार रुद्र अधिकारी, संगीतकार राजेश थापा, कवि बिना तामाङ सुनगाभा लगायतले उक्त कृतिहरु विमोचन गरेका हुन् ।

बिमोचन पश्चात मुक्तक सङ्ग्रह ‘अमर’ बारे समालोचक शैलेन्दु प्रकाश नेपालले आफ्नो समालोचकिय टिप्पणी प्रश्तुत गरेका थिए भने संगीतकार राजु सिंहले गीति एल्बम ‘आफ्नै छायाले’ भित्रको सांगीतिक पाटोहरु बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा हालका चर्चित साहित्यकार बिना थिङ तामाङले गीतकार दिलिप योञ्जन तामाङको साहित्यक तथा सामाजिक योगदानको बारेमा आफ्नो भनाइ ब्यक्त गर्दै कृतिको सफलताको कामना गरेकी थिइन । संगीतकार राजेश थापाले गीति एल्बम तयार पार्दै गर्दाको अनुभवहरु बाड्न भ्याए ।

युवा गायक अजर जंगम तथा युवराज चौलागाइले एल्बमभित्रका गीतहरु प्रतक्ष गाएर प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाए भने सोही कार्यक्रममा राम कृष्ण ढकालको आवाजमा सजिएको शिर्ष गीत ‘आफ्नै छायाले’ गीतको म्युजिक भिडियो प्रथम प्रशारण भयो ।

गीति एल्बम आफ्नै छायाले भित्र राम कृष्ण ढकाल, मिलन अमात्य, प्रमोद खरेल, युवराज चौलागाइ, मेलिना राई र अजर जंगमको स्वर समेटिएकाछन् भने प्रसिद्द युवा संगीतकार राजेश थापाको एकल संगीत सिर्जना रहेकोछ । एल्बमलाई बिन्दबासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here