Home साहित्य तिम्रो अगाडि जीवित प्रश्न

तिम्रो अगाडि जीवित प्रश्न

46
0
SHARE

– जयन्ती थापा मगर सरगम

कसले झण्डा गाड्यो
र अपहरण गर्यो
तिमीले पुज्ने भूमि ?
र त्यो सँगै कता हरायो
तिमीले ओतिने स्याखु ?

भन लाफा !
तिम्रो पहिरन यो माटोसँगै हुर्किएको
तिम्रो शरीरबाट कसरी हरायो ?
तिम्रो लवज तिम्रै जिब्रोबाट कहाँ बेपत्ता भयो ?

यतिबेला तिम्रो अगाडि
जीवित प्रश्न सहित आएकी छु।
तर लाफा तिमी भने चुपचाप छौ।

तिम्रो जिब्रोको हत्या भएपछि नै हो
तिम्रा सन्तानहरु बोल्न बिर्सेका
त्यसपछि नै हो
लाखौं जीतबहादुर सिङ्जालीहरुका
पलाउदै गरेका कलमहरु भाँचिएका
र सयौंथरी थुङ्गा फूलबाट
एक थुङ्गा फूल हराउँदै गएको।

तर लाफा तिमी भने अझै मौन छौ।
हो म मान्दछु
शासकलेझैं छली खेल खेल्न
तिमीलाई आउदैन ।
हो मलाई थाहा छ
निर्धाहरुका सपनाका भर्याङ बनाएर
सत्ताको हिमाल चड्न तिमीले जान्दैनौ
र त्यो कहिल्यै गरेनौ पनि
आफ्नो स्वभिमानलाई बन्धकी राख्न।

जुन समय वीरबलको खिचडी पाक्यो
त्यति नै बेला हो रोधी शून्य भएको।
हो ! त्यहीँ बेलादेखि हो
संग्रहालयमा तिम्रो
पहिरन रोइरहेको ।

यति धेरै युगहरु
तिम्रा आँखाका डिल हुँदै कता कता पुगिसके
तर तिमी भने चुपचापको बर्को
ओडेर मौन पहाड झैं बसेका छौ ।

ओ ! लाफा ! ओइ ! लाफा !
अब त्यो मौनताको बर्को फालिहाल ।
भत्काऊ त्यो मौनताको पहाड पनि
उखेली देऊ जरा अत्याचारको
र जुरुक्क उठ प्रश्न बनेर
यो व्यवस्थाको अघिल्तिर ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here